२८ आश्विन २०८३, बुधबार

कोशी सरकारले सञ्चालनमा ल्यायो घुम्ती अस्पताल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर। कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ।

झापाको कमल गाउँपालिकाबाट घुम्ती अस्पतालको शुभारम्भ गरिएको हो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अस्पतालको शुभारम्भ गरेका हुन् ।

ठूलो बसभित्र अत्याधुनिक मेडिकल उपकरण जडान गरी यो सेवा सञ्चालनमा ल्याइएको हो। कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ प्रशासक आस्था थापाका अनुसार यसमा रेडियोलोजी, मुटुको एक्सरे, ब्लड टेस्ट, रगतको नमुना सङ्कलन गरी परीक्षण गर्ने उपकरण जडान गरिएको छ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले यो सेवालाई गाउँ गाउँसम्म विस्तार गर्ने बताए । तत्कालै महामारी फैलिँदादेखि स्वास्थ्य शिविरहरु सञ्चालन गर्न यो प्रभावकारी हुने उनको भनाइ छ । यो घुम्ती अस्पताल नेपालमै पहिलो र नमुनायोग्य भएको चर्चा गर्दै यसलाई थप परिस्कृत गर्दै आम जनतामा लैजान प्रदेश सरकारको तयारी रहेको उनले जानकारी दिए ।

त्यस्तै प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले प्रदेश सरकारले जनताले देखिने गरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बताएका छन् । करिब ८० लाख रुपैयाँ खर्च गरेर बसमा नै कोशी घुम्ती अस्पताल सुरु गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। त्यस्तै आज कमल गाउँपालिकामा स्वास्थ्य निर्देशनालयले स्वास्थ्य शिविर समेत आयोजना गरेको छ।