६ कार्तिक २०८३, शुक्रबार

दुईवटा विदेश भ्रमण अस्वीकार गरेको बताउँदै मन्त्री पुनको प्रश्न- विदेश घुमेर अर्थतन्त्र बन्छ ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूलाई आएको दुईवटा विदेश भ्रमण अस्वीकार गरेको बताएका छन् ।

पछिल्लो समय मन्त्री बब्लु गुप्ताको विदेश भ्रमणका विषयमा विवाद चर्किएपछि मन्त्री पुनले भ्रमण अस्वीकार गरेको बताएका हुन् । यस्तै उनले विदेश घुमेर अर्थतन्त्र बन्छ ? भन्दै प्रश्न पनि गरेका छन् ।

उनले लेखेका छन्, ‘लौ जा, म मन्त्री भएपछि पहिला पनि निमन्त्रणा आएको तीनवटा विदेश भ्रमणमा गइनँ। अहिले पनि दुईवटा निमन्त्रणा आएछ। यसमा पनि जान्नँ । देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किनभने केही गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ ?,’।