– एनपी प्रधान (भरत)
साउदी अरब । साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेको बिदाईमा नेपाली जनसम्र्पक समिति साउदी अरबले शनिबार रात्री भोज कार्यक्रमको आयोजना गरेको छ ।
साउदीको राजधानी रियादस्थित ईस्तराहहलमा सम्पन्न गरिएको कार्यक्रममा दूतावासका कर्मचारी, समिति सम्बद्ध ब्यक्ति तथा नेपाली समाजसेवीहरुको उपस्थिती थियो । संघका सभापति चोला प्रसाद पाठकको सभापतित्वमा भएको कार्यक्रममा राजदुत पाण्डेलाई मायाको चिनो प्रदान गरेर बिदाई गरिएको थियो ।
सो अवसरमा बोल्दै राजदूत पाण्डेले आफ्नो कार्यकालमा धेरै काम गर्न नसके पनि नेपाली दूतावासको छवि सुधार गर्न सफल भएको बताए ।
साउदी अरबमा क्रियाशिल नेपाली संघ संस्थाको सहयोगले नै दूतावासले आफ्नो सेवालाई सोचे अनुरुप प्रभावकारी ढंगबाट काम गर्न सकेको भन्दै नेपाली संघ संस्थालाई धन्यवाद ज्ञापन गरे ।
रात्रीभोजमा सहभागीहरुलाई स्वागत गर्दै समितिका संरक्षक विदुर कोईरालाले राजदूत पाण्डेको कार्यकाल अत्यन्तै सफल रहेको उल्लेख गर्दै शुभकामना ब्यक्त गरे । दश अगष्ट २०११ मा राजदूतका रुपमासाउदी अरब आउनुभएका पाण्डे आफ्नो चार बर्षे कार्यकाल पूरा गरेर यही ९ अगष्टमा स्वदेश फर्कदै छन् ।















प्रतिक्रिया