काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशका १० जिल्लामा इन्चार्ज तोकेको छ । हालै सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्जका रूपमा जिम्मेवारी प्रदान गरिएको हो ।
सुर्खेत, कालिकोट, सल्यान, हुम्ला लगायत जिल्लामा भने पुरानै नेताहरूलाई पुनः इन्चार्जको जिम्मेवारी दिइएको छ । जसअन्तर्गत पार्टी केन्द्रीय सदस्यहरू सुर्खेतमा नवराज रावत, जाजरकोट डम्बरबहादुर सिंह, दैलेख मीनासिंह रखाल छन् ।
डोल्पा बद्मीक्वारी बुढा (बोहरा), जुम्ला युवा नेता दानसिंह परियार र हुम्ला दल रावललाई इन्चार्जको जिम्मेवारी दिइएको छ । यस्तै, मुगु जीतबहादुर मल्ल, सल्यान गोविन्द पुन, कालिकोट नगेन्द्र शाही (नेसनल) र रुकुमपश्चिम सुशीलकुमार थापा इन्चार्ज तोकिएका छन्।







प्रतिक्रिया