२८ आश्विन २०८३, बुधबार

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार ४ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको हो । मंगलबार ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बढेर आज ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।