काठमाडौं । ‘सिटिजन्स सन्तुलित योजना’को लागि माग गरेभन्दा २५ प्रतिशत बढी रकमको लागि आवेदन परेको छ ।
सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक रहेको सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने १ अर्ब रुपैयाँ आकारको चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’को इकाई बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भई योजनाको सार्वजनिक निष्काशन तथा बिक्री पुस ४ गतेदेखि पुस १८ गतेसम्म खुल्ला गरिएकोमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुबाट १ अर्ब २५ करोडभन्दा बढी अर्थात माग गरेभन्दा २५ प्रतिशत बढी रकमका लागि आवेदन परेको हो । साथै, सिटिजन्स क्यापिटलबाट सञ्चालन हुने यस योजना बढी आवेदन प्राप्त भएका म्युचुअल फण्डमध्ये एक हुन सफल भएको छ । यस योजनाप्रति आम लगानीकर्ताहरुको आकर्षण तथा उल्लेखनिय सहभागिताले सिटिजन्स क्यापिटल नेपालको पूँजी बजारमा एउटा दक्ष, व्यवसायिक तथा विश्वसनीय संस्थाको रुपमा स्थापित रहेको प्रतिबिम्बित भएको कम्पनीको दाबी छ ।
सिटिजन्स बैंक इन्टरनेशनलको सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको समेत लगानी रहेको छ भने कम्पनीका अध्यक्षको रुपमा राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा सबिर बादे श्रेष्ठ रहेका छन् ।















प्रतिक्रिया