२९ आश्विन २०८३, बिहिबार

गौशालामा गाईलाई यौनसम्पर्क गर्ने व्यापारीलाई रामधुलाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kutpitगोहर । भारतको हिमाञ्चल प्रदेशको एक गाउँमा नसपाती खरिद गर्न पुगेका व्यापारीले गाईलाई कुकर्म (यौनजन्य कर्या) गरेपछि स्थानीयले मारपिट गरेका छन् ।

फलफूलको व्यापार गर्दै ती व्यापारी कटलोग गाउँमा रहेको गौशालामा गाईलाई कुकर्म गर्दै गरेको अवस्थामा महिलाले फेला पारेकी थिइन् ।

गाईलाई कुकर्म गर्दै गरेको देखेपछि ती महिला चिच्याएको समाचारमा जनाइएको छ ।

महिला गाईलाई घाँस दिन गौशालाभित्र प्रवेश गरेकी थिइन् । महिला चिच्याएको सुनेपछि जम्मा भएका स्थानीयले ती व्यापारीलाई कुटपिट गरेर माफी मगाइ छाडेका थिए ।

नसपाती खरिद गर्न पुगेका ती व्यापारीका साथीहरूले पनि माफी मागेको जनाइएको छ ।

पञ्चायतकी प्रधान दीपा कुमारीका अनुसार गाईलाई यौनजन्य कार्य गरेको विषय शनिबार सार्वजनिक भएको हो । घटनामा संलग्नलाई कुटपिट गर्नुका साथै माफी मगाएर छाडिएको बताएकी छिन् ।

सो विषयमा थाना प्रभारी गोहरका प्रमुख लाल सिंहले स्थानीयले घटना आफैले मिलाएको बताएका छन् । घटनाका विषयमा कुनै मुद्दा नपरेको उनले खुलाए ।

– एजेन्सी