१ कार्तिक २०८३, शनिबार

यसरी पनि हेर्न सकिन्छ एसएलसी रिजल्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Slc-Panikaकाठमाडौँ, ३० जेठ । यसबर्षको एसएलसीको नतिजा प्रकाशित भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रबार नतिजा प्रकाशित गरेको हो । यस वर्षको प्रवेशिका परीक्षामा ४३.९२ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन्। जुन विगतको भन्दा न्यून हो ।

देशभरबाट ३ लाख ९४ हजार ९ सय ३३ जना परीक्षार्थी सहभागी भएकामा १८ हजार१ सय १० जनाले डिस्टिङसन ल्याएका छन् भने फर्स्ट डिभिजन ८३ हजार ६ सय ३७ जना र सेकेन्ड डिभिजनमा ६७ हजार ९ सय ४२ जना उर्तीण भएका छन् । ३ हजार ७ सय ४७ जनाले थर्ड डिभिजनमा पास गरेका छन् ।

जम्मा सहभागी ३ लाख ९४ हजार ९ सय ३३ जना मध्ये छात्र ९९ हजार ८ सय ४६ र छात्रा ९५ हजार ८ सय ७० उर्तिर्ण भएका छन् ।

एसएलसी परीक्षाको परिणाम कम्पनीको साधारण टेलिफोन पिएसटिएन, सिडिएमए प्रविधिको र जिएसएम सिडिएमए मोबाइलबाट १६०० मा फोन गरी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

त्यसैगरी जिएसएम सिडिएमएको म्यासेज बक्समा एसएलसी स्पेस सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस पठाएर जिएसएम मोबाइलबाट १६०० मा सिम्बोल नम्बर अथवा अल्फाबेट डायल गरी कल गरेर मार्कसिटसहितको नतिजाका लागि नेपाल टेलिकमको बेवसाइट एसएलसीडटएनटिसीडटनेटडटएनपी (slc.ntc.net.np) मार्फत प्राप्त गर्न सकिनेछ । 

मार्कसिटसहितको नतिजा हेर्न यहाँ क्लीक गर्नुहोस्