३० आश्विन २०८३, शुक्रबार

भेनेजुएलामाथि अमेरिकी आक्रमणको रुसद्वारा निन्दा, संयम अपनाउन अपील

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रुसी विदेश मन्त्रालयले भेनेजुएलाविरुद्धको अमेरिकी कारबाहीको कडा निन्दा गरेको छ ।

रुसले यसलाई ‘सशस्त्र आक्रमण’ भनेको छ र स्थितिलाई अझ खराब बनाउने चेतावनी दिएको छ । साथै, रुसले सबै पक्षहरूलाई संयम अपनाउन अपील गरेको छ । भेनेजुएलाको सहयोगीको रूपमा रुसले वार्ताको बाटो अपनाउन जोड दिएको छ र कूटनीतिक प्रयासमा सहयोग गर्न तयार रहेको बताएको छ ।

काराकासस्थित रुसी दूतावासले दूतावास सामान्य रूपमा सञ्चालन भइरहेको र भेनेजुएला सरकार र त्यहाँ बस्ने रुसी नागरिकहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएको छ । दूतावासले आक्रमणमा कुनै पनि रुसी नागरिक घाइते नभएको पनि जनाएको छ ।