३० आश्विन २०८३, शुक्रबार

भेनेजुएलामा राष्ट्रिय संकटकाल घोषणा

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा भीषण आक्रमण गरेपछि मादुरेले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।

उनले अमेरिकी आक्रमणको निन्दा गर्दै भेनेजुएलाकोे तेल र खनिजमाथि कब्जा जमाउने प्रयास स्वरूप आक्रमण गरेको बताएका छन् । बीबीसीका अनुसार जारी बयानमा राजधानी काराकासमा गरिएको आक्रमणको उद्देश्य ‘भेनेजुएलाको रणनीतिक संसाधनहरू विशेष गरी तेल र खनिजमा कब्जा गर्ने’ र ‘देशको राजनीतिक स्वतन्त्रता जबरदस्ती हनन’ हो ।

भेनेजुएलाका राष्ट्रपति मादुरो पूरै देशमा बाह्य उथल–पुथलको स्थिति घोषित गर्ने आदेशमा हस्ताक्षर गरेर लागू गर्न आदेश दिएको बीबीसीले जनाएको छ । उनले सबै राष्ट्रिय सुरक्षा योजना (नेशनल डिफेन्स प्लान्स)लाई उचित समय र उपयुक्त परिस्थितिमा लागू गर्न पनि निर्देशन दिएका छन् ।