२९ आश्विन २०८३, बिहिबार

निर्भयपूर्वक मतदान भएन भने निर्वाचन लोकतन्त्र कमजोर बनाउने ‘ड्रामा’ हुनेछ : केपी शर्मा ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लोकतन्त्र र संविधान पुनरोत्थानको वर्ष हुनुपर्ने बताएका छन् । सन् २०२५ नेपाल र नेपालीका लागि दुःखद वर्ष भएको उल्लेख गर्दै उनले भत्किएको लोकतन्त्र र मिचिएको संविधानलाई २०२६ मा पुनः मजबुत बनाउनुपर्ने बताए ।

नयाँ वर्ष २०२६ का अवसरमा प्रवासी नेपाली मञ्चलाई भर्चुअल सम्बोधन गर्दै ओलीले जननिर्वाचित सरकार ढालिनु लोकतन्त्र र जनताको सार्वभौमसत्तामाथिको प्रहार भएको टिप्पणी गरे । वर्तमान सरकार असंवैधानिक भएको र निर्वाचनको वातावरण नबनेको आरोप लगाए ।

उनले झुठा मुद्दा, अशान्ति, बुथ कब्जा र निर्भय मतदान हुन नसक्ने अवस्था देखिँदा निर्वाचन लोकतन्त्र कमजोर बनाउने ‘ड्रामा’ मात्र हुने चेतावनी दिए । निष्पक्ष र शान्तिपूर्ण वातावरण भए एमाले चुनाव जित्ने दाबी पनि गरे ।

‘नेताहरूविरूद्ध झुठा मुद्दा लगाउने, अशान्त वातावरण सिर्जना गर्ने, लुटिएका हतियार फिर्ता नहुने, जेलब्रेक गर्नेलाई अगुवा बनाएर राजनीतिलाई लान खोजियो,’उनले भने, ‘निर्वाचनमा बुथ कब्जा गर्न खोजियो र निर्भयपूर्वक मतदान भएन भने निर्वाचन लोकतन्त्र कमजोर बनाउने ‘ड्रामा’ मात्र हुने छ ।’

देशलाई निकास दिन प्रतिनिधि सभा पुनर्स्थापना नै सही बाटो भएको उल्लेख गर्दै संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले समयमै फैसला दिनुपर्ने माग गरे ।