२८ आश्विन २०८३, बुधबार

१३ नेपालीलाई कतारले दियो आममाफी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कतारले १३ जना नेपालीलाई आममाफी दिएको छ । कतारले आफनो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपालीलाई आममाफी दिएको हो ।

कतारको जेलमा रहेका कैदीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कतारले आममाफीको लागि कतार सरकारलाई धन्यवाद दिएको छ । मन्त्रालयले उदारतापूर्वक प्रदान गरिएको आममाफीको लागि कतार सरकारप्रति आभार प्रकट गरेको छ ।

नेपाल र कतार राज्यबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा मानवीय आधारमा प्रदान गरिएको दयालु माफीको मन्त्रालयले उच्च कदर गरेको जनाएको छ ।