१२ कार्तिक २०८३, बिहिबार

बालविवाह मुद्दा र ज्यान मार्ने उद्योगमा फरार २ जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा । बाजुरामा बालविवाह मुद्दामा फरार युवकसहित ज्यान मार्ने उद्योगमा फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बालविवाह मुद्धामा फरार रहेका जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ६ कोर्धका ३४ वर्षीय हर्क बहादुर बडुवाल रहेका छन् । बडुवाल ९ वर्षपछि पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको विशेष अप्रेसन टोलीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बाजुराले २०७३ चैतमा बालविवाह मुद्दामा दोषी ठहर गरेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।

जिल्ला अदालतले बडुवाललाई उक्त मुद्धामा ५ महिना ७ दिन कैद र १० हजार जरिवानाको फैसला सुनाएको थियो । त्यसपश्चात् उनी फरार रहेका थिए । पक्राउ परेका उनलाई कैद र जरिवाना भुक्तानका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

त्यस्तै, ज्यान मार्ने उद्योगमा फरार बाजुराको त्रिवेणी नगरपालिका ५ का २२ वर्षीय दिल धामीलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अदालतबाट ३५ दिने पक्राउ पुर्जी जारी भएर फरार रहेका उनलाई पक्राउ गरी आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।