१२ कार्तिक २०८३, बिहिबार

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) बस्दैछ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिको लागि अनुरोध गरिएको छ ।

पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार दिउँसो विशेष महाधिवेशनको मिति तोकेपछि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको हो । बैठक बोलाउनुअघि सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूसँग छलफल समेत गरेका थिए ।