३० आश्विन २०८३, शुक्रबार

थारु भाषामा चर्चित टंकको ‘ओइ लव्ली’ अब नेपालीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oai-lovely (1) काठमाडौ । यतिवेलाका चर्चित गायकको सुचिमा अग्र स्थानमै आउँछन् टंक वुढाथोकी, तिनै टंक वुढाथोकी फेरी चर्चाको शिखरमा छन यतिवेला आफूले संगित दिएको तथा गाएको गीतका कारण । गायक टंक बुढाथोकीले गाएको थारु भाषाको गीत ‘ओइ लव्ली’ हिट भएपछी अहिले त्यही गीत नेपालीमा पनि निकालिएको छ ।

oai-lovely (2)

टंकले गाएको उक्त गीतको नेपाली भर्सनको भिडियो काठमाडौमा रहेको अभिनेत्री करिश्मा मानन्धरको स्टुडियोमा गरिएको हो । म्युजिक भिडियोमा यस भन्दा अगाडिको थारु गीतमा देखिएका नरेश जोगी दोहोरिएका छन् भने उनलाई साथ दिएकी छिन ‘फिगर कोकोकोला साइज’ बोलको चलचित्र अधकट्टीको गीतबाट चर्चामा आएकी अभिनेत्री आशिष्मा नकर्मीले । संचारकर्मी प्रकाश मिश्रले लेखेको उक्त गीतमा युवा पुस्ताको व्यवहार र चन्चलतासंगै एउटा नारीको वर्णन गरिएको छ ।

राजु केसीले खिचेको भिडियोलाइ रुपेश उप्रेतीले निर्देशन गरेका हुन भने गोविन्द मुखियाले केरियोग्राफ गरेका छन् । करिब तीन लाखको लगानीमा भिडियो निर्माण गरिएको बताइएको छ ।