काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औँ साधारणसभा सम्पन्न भएको छ ।
आज सम्पन्न भएको साधारणसभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी २६ अर्ब ७८ करोड पुगेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षककको नियुक्ति समेत गरेको हो ।
आ.व. २०८१/८२ मा ३७१ अर्ब निक्षेप र २८७ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ४४३ अर्ब रहेको छ । सो आर्थिक वर्षमा बैंकले ४ अर्ब ६ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको हो ।















प्रतिक्रिया