काठमाडौं । मदन–आश्रित स्मृति प्रतिष्ठानले नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकासको बारेमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।
देशमा व्याप्त राजनीतिक अन्यौलताको बीचमा प्रतिष्ठानले मंगलबार राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा गोष्ठी गर्न लागेको हो । एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा, नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, एमाले केन्द्रीय सदस्य सुनिता डङ्गोल लगायतका वक्ता रहनेछन् । कार्यक्रमले राजनीतिक निकासको मार्गप्रशस्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।















प्रतिक्रिया