१२ कार्तिक २०८३, बिहिबार

कुलमानको उनेपाले अस्वीकार गर्‍यो रवि सभापति र बालेन प्रधानमन्त्री बनाउने प्रस्ताव

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा)ले नयाँ राजनीतिक दलहरूको एकतासम्बन्धी प्रस्ताव अस्वीकार गरेको छ । प्रस्तावअनुसार पार्टी सभापति रवि लामिछाने र आगामी प्रधानमन्त्री बालेन साह हुने भनिएको थियो ।

पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा बसेको केन्द्रीय समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौंका मेयर बालेनको तर्फबाट आएको प्रस्तावमाथि छलफल भएको थियो ।

बैठकमा प्रस्तुत प्रस्तावमा पार्टी संरक्षक कुलमानको भूमिका र उज्यालो नेपालको हिस्सेदारीबारे कुनै ठोस व्यवस्था नआएको तथा प्रस्ताव एकपक्षीय रहेको निष्कर्षसहित प्रस्ताव अस्वीकार गरिएको एक केन्द्रीय सदस्यले बताए । उनका अनसार केन्द्रीय समितिमा रवि पार्टी सभापति र आगामी प्रधानमन्त्री बालेन हुने प्रस्ताव आएको थियो तर पार्टीका लागि यो स्वीकार्य छैन भन्ने निर्णय गरिएको छ ।

उनका अनुसार नयाँ राजनीतिक शक्तिहरूबीच एकताको प्रयासलाई भने निरन्तरता दिने विषयमा बैठकमा छलफल भएको छ ।