२९ आश्विन २०८३, बिहिबार

न्यु डायमण्डको विजयी सुरुवात

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नवौं एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फ न्यु डायमण्ड युथ स्पोर्टस क्लबले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डमा भएको आजको पहिलो खेलमा न्यु डायमण्डले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा हराएको हो ।

समूह ‘बी’ को एकतर्फी खेलमा न्यु डायमण्डले २५–१०,२५–५,२५–१५ ले विजयी भयो । न्यु डायमण्डकी स्टार खेलाडी प्रतिभा माली आज स्वदेश आइपुग्ने छिन् । त्यसपछि उनी टोलीमा आबद्ध हुने सम्भावना छ ।

सोही समूहमा हिजो त्रिभुवन आर्मी क्लबले एभरेष्ट भलिबल क्लबलाई ३–० ले हराएको थियो । आज महिलाको समूह एको खेलमा एपिएफ र मधेश प्रदेश खेलकुद परिषद् बीच प्रतिस्पर्धा हुनेछ ।