७ श्रावण २०८३, बिहिबार

कलाकारको फोटो दुरुपयोग गरेर अनलाइन ठगी : सजग हुन साइबर ब्यूरोको आग्रह

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कलाकारको फोटो र नाम दुरुपयोग गरेर ह्वाट्स एप र भाइबरमा पैसा माग्दै ठगी गर्ने कार्य बढेको छ । दयाहाङ राई, अनमोल केसी, धीरज मगर, केकी अधिकारी, स्वस्तिमा खड्कासहित जोन राईसम्मका संगीतकर्मीले यस्तो ठगी कार्यको स्क्रिन सट्सहित प्रशंसकलाई सजग रहन आग्रह गरेका छन् ।

अनमोलले शुक्रबार राती सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै आफूलै कसैलाई फोन र मेसेज गरेर पैसा नमागेको बताउँदै यस्तो कार्यबाट सजग रहन अपिल गरेका छन् ।

उनले त्यसरी आउने मेसेजलाई बेवास्ता र ब्लक गर्न आग्रह गरेका छन् । अनमोलले त्यसरी पैसा पठाइएका स्क्रिनसट पनि सेयर गरेका छन् ।

दयाहाङले पनि सबैलाई साबधान रहन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘सबै साथीहरू इष्टमित्रहरू साबधान रहनुहोला । मेरो नाम गरेर पैसा मागिरहेको रहेछ । त्यो सत्य होइन, स्क्याम हो है ।’

केही दिनअघि धीरज मगर, आकाश श्रेष्ठ, केकी अधिकारी, स्वस्तिमा खड्कासहितका कलाकारको फोटो र नाम दुरुपयोग गरेर पैसा मागिएको ठगीका घटना बाहिर आइसकेका छन् ।

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले अनलाइन ठगीबाट बच्न सचेतना प्रमुख उपाय रहेको बताएका छन् । ब्युरोले यस्ता घटनालाई पछ्याएको र निवेदन परेपछि अनुसन्धान प्रक्रिया अघि बढाउने उनले बताए ।

‘आम सर्वसाधारण समयमै सचेत हुनु अनिवार्य छ’ अवस्थीले बताएका छन् ।