काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले स्मरण पत्र बुझाएको छ ।
नेता देवराज चालिसेले नियमित महाधिवेशन नहुने अवस्थामा विशेषको विकल्प नभएको जनाउँदै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरण पत्र बुझाएका हुन् ।
विशेष महाधिवेशन पक्षधरले असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कालाई २४८८ प्रतिनिधिको हस्ताक्षर बुझाएको थियो ।
तर पुस २६ गतेका लागि तोकिएको महाधिवेशन कार्यतालिका अघि नबढेपछि विशेष महाधिवेशन पक्षधरले स्मरणपत्र बुझाएका हुन्।
















प्रतिक्रिया