काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटी प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख विमल लम्साल र आईएमई हस्पिटालिटी प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका हुन् ।
एनआईसी एशिया बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूलाई आईएमई हस्पिटालिटीअन्तर्गतका विभिन्न होटल, रेष्टुरेन्ट तथा केवलकार सेवाहरूमा १० प्रतिशतको आकर्षक छुट उपलब्ध हुने समझदारी भएको हो । जसमा आईएमई हस्पिटालिटीले आफ्ना विभिन्न सेवाहरू जस्तै होटल ले हिमालय (लाजिम्पाट), इला होटल्स एण्ड रिसोट्र्स (मौलाकाली), इला कम्फर्ट (बाग्लुङ), द लेकसाइड रिसोर्ट (पोखरा), सेक एण्ड फेंग रेष्टुरेन्ट (लाजिम्पाट), मौलाकाली केबलकार र लुम्बिनी केवलकारमा १० प्रतिशतसम्म छुट उपयोग गर्न सक्नेछन् ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नु पर्नेछ । होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।








प्रतिक्रिया