२८ आश्विन २०८३, बुधबार

प्रेरणादायी उदाहरण बने खोटाङका ६८ वर्षीय इन्द्रबहादुर थापा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । खोटाङका इन्द्रबहादुर थापाले ६८ वर्षको उमेरमा समाजशास्त्र विषयमा स्नातकोत्तर उपाधि हासिल गर्दै सबैका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।

त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा बिहीबार दीक्षित भएका थापा झण्डै ३० वर्षसम्म सरकारी सेवामा कार्यरत रहे। पारिवारिक जिम्मेवारी सम्हाल्दै उनले शिक्षालाई निरन्तरता दिँदै अवकाशपछि स्नातकोत्तर अध्ययन पूरा गरेका हुन्।

थापाले आफ्ना तीन छोरीलाई स्नातकोत्तर तहसम्म अध्ययन गराई क्रमशः नेपाल सरकारको उपसचिव, नेपाल एयरलाइन्सकी अधिकृत र शिक्षकका रूपमा स्थापित गरिसकेका छन्। यस्तै, छोराहरूलाई इन्जिनियर, नेपाल आर्मीका सदस्य तथा अमेरिकाबाट स्नातकोत्तर अध्ययन गराउने सपना पनि पूरा गरिसकेका छन्।

परिवारको भविष्य सुरक्षित बनाइसकेपछि पनि आफ्नै शैक्षिक चाहना पूरा गर्दै दीक्षान्त समारोहबाट दीक्षित हुनु थापाको जीवन यात्रालाई अझ प्रेरणादायी बनाएको छ।

उमेर अध्ययनको बाधक हुँदैन भन्ने सन्देशसहित इन्द्रबहादुर थापाको यो उपलब्धि आज समाजका सबै पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।