१ कार्तिक २०८३, शनिबार

जस्मिन पेन्ट्सको विशेष अफरमा नेपालगञ्जकी बुढाले जितिन् जापान भ्रमणको अवसर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले चाडपर्वलाई लक्षित गरी २०८२ भदौ १ देखि २०८२ कात्तिक मसान्तसम्म सञ्चालन गरेको ग्राहक उपहार योजना “चाडपर्वको उमंग, जापान घुमौँ जस्मिन पेन्ट्ससँग”को बम्पर उपहार विजेता घोषणा गरेको छ ।

कम्पनीका ब्राण्ड एम्बेसेडर पारस खड्काको विशेष उपस्थितिमा एक कार्यक्रमका बीच उनकै हातबाट लक्की ड्र कुपनमार्फत विजेताको घोषणा गरिएको हो ।

पुस ७ गते घोषणा गरिएको बम्पर उपहार योजनामा नेपालगञ्ज निवासी देवी बुढाले जापान भ्रमण गर्ने अवसर प्राप्त गरिन् । यसका साथै, अन्य ग्राहकहरुले पनि विभिन्न उपहारहरु प्राप्त गर्न सफल भए । यसमा ७५ जनाले डिनर सेट, १०५ जनाले हिटर, १५१ जनाले आइरन र ७५० जनाले भित्तेघडीसहित जम्मा १ हजार ८२ जनाले विभिन्न उपहारहरु जित्न सफल भए ।

तीन महिनासम्म सञ्चालन भएको उपहार योजनामा जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गरेका नेपालभरिका २ हजार ६४७ भन्दा बढी ग्राहकहरु समावेश भएका थिए । ग्राहकहरुलाई ७५ हजार रुपैयाँ बराबरको जस्मिन पेन्ट्सका उत्पादनहरुको खरिदमा एउटा बम्पर कुपन प्रदान गरिएको थियो ।

ग्राहकहरुको उत्साहजनक सहभागिताले उपहार योजना सफल भएको र यसबाट कम्पनीको व्यावसायिक वृद्धिमा सहयोग मिलेको कम्पनीका कन्ट्री म्यानेजर डिल्ली राम पौडेलले बताए । साथै, उनले यस उपहार योजना सफल पार्न सहयोग पुर्‍याउने सबैलाई विशेष धन्यवादसहित आगामी दिनहरुमा सञ्चालन गरिने उपहार योजनाहरुमा सहभागिता जनाउनको लागि अनुरोध समेत गरे ।