काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराई र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भेटवार्ता भएको छ ।
ललितपुरको कुपण्डोलस्थित मेयर बालेनका सहयोगी कुमार बेनको निवासमा दुईबीच भेट भएको हो ।
भेटपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरू एक भएर अघि बढ्नुपर्ने सुझाव दिएको बताए । उनले आफू निरन्तर नयाँ र वैकल्पिक शक्तिहरूलाई एकजुट गराउने प्रयासमा रहेको उल्लेख गर्दै सोही विषयमा परामर्श गर्न बालेनले बोलाएकाले भेट भएको बताए ।
भट्टराईले भने, ‘म नयाँ र वैकल्पिक शक्तिहरू एक भएर जानुपर्छ भन्ने मान्छे, म निरन्तर त्यसमा लागेको छु, त्यही विषयमा परामर्श गर्न बालेनजीले बोलाउनुभएकाले आएको हुँ । उहाँलाई मेरो सुझाव छ– तपाईंहरू नयाँ र वैकल्पिक भनिएकाहरू जतिपनि हुनुहुन्छ मिल्नुस् भन्ने रह्यो ।’














प्रतिक्रिया