२९ आश्विन २०८३, बिहिबार

रास्वपाको समानुपातिक उम्मेदवार बन्न ४ सय आकांक्षी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोटका लागि आन्तरिक प्रतिस्पर्धात्मक प्रक्रिया सुरु गरेको छ । समानुपातिक उम्मेदवारका आकांक्षीहरूबीच ‘ब्लु प्रिन्ट’ र ‘शून्य समय’ कार्यक्रममार्फत प्रस्तुतीकरणको चरण आज र भोलि सञ्चालन भइरहेको प्रवक्ता मनिष झाले बताए ।

प्रतिस्पर्धामा करिब ४ सय जना आकांक्षी सहभागी रहेको उनले बताए । उनले भने, ‘निवेदकहरू लगभग ४ सय जना जति सहभागी हुनुहुन्छ । त्यसमध्ये ११० जना हाम्रो तर्फबाट सूचीमा निर्वाचन आयोगमा बुझाइनेछ ।’

उनले प्रतिस्पर्धा र प्रस्तुतीकरणको कार्यक्रमहरू काठमाडौं गोङ्गबुस्थित बिजी ब्यांक्वेटमा जारी रहेको बताए । प्रस्तुतीकरणपछि दुई दिनभित्र प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान गरिने उनले बताए ।