७ कार्तिक २०८३, शनिबार

सुनसरी ४ बाट प्रचण्डको नाम सिफारिस

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले सुनसरी जिल्लाको क्षेत्र न ४ बाट संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको छ ।

क्षेत्रीय कमिटीमा प्रस्तावमा नाम सिफारिस गरिएको हो । कमिटीले प्रचण्डसँगै पाँच जनाको नाम केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।

जसमा महफुज आलम अन्सारी, पर्शुराम बस्नेत, पदम अधिकारी र कमलबहादुर कट्‍वाल छन् ।

यस्तै समानुपातिकतर्फ योगेन्द्रप्रसाद मण्डल (पप्पु), धर्मलाल उराँव, दिलमहमद मियाँ, सुरेश शर्मा लोहार र बसिरा खातुनको नाम सिफारिस गरिएको छ ।