७ कार्तिक २०८३, शनिबार

आमा बन्दै रञ्जु दर्शना

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हालै विवेकशील साझा पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएकी रञ्जु दर्शनाले आफू छिट्टै आमा बन्न लागेको खुलासा गरेकी छिन् ।

रञ्जुले सामाजिक सञ्जालमार्फत शुभेच्छुकहरूसँग यो खुसीको समाचार बाँड्दै आफ्नो जीवनमा नयाँ सदस्य थपिन लागेको जानकारी दिएकी हुन्। आमा बन्ने अनुभव भावनात्मक र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले मातृत्वको यात्राले आमाहरूको संघर्षप्रति आफूलाई अझ संवेदनशील बनाएको बताएकी छिन्।

उनले लेखेकी छन् कि यो अनुभव सहज नभए पनि आफूले वर्षौंदेखि आमाहरूका अधिकार र आवाजका लागि गरेको संघर्षलाई आज व्यक्तिगत रूपमा महसुस गरिरहेको छु।

रञ्जुले २०७९ साल वैशाखमा किशु कुइँकेलसँग विवाह गरेकी थिइन्। हाल उनी रास्वपाबाट समानुपातिक उम्मेदवार बन्ने आकांक्षामा रहेकी छिन् ।