२९ आश्विन २०८३, बिहिबार

प्रदेश सभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सभाको समानुपातिक प्रणालीको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले २०७९ को निर्वाचनमा विभिन्न प्रदेश सभामा बन्द सूचीमा रहेका र नाम हटाएर संघीय समानुपातिकमा जान चाहने १९ जनाको नाम हटाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने, ‘प्रदेश सभामा बन्द सूचीमा रहेका साथिहरु त्यो बन्दसूचीबाट आफ्नो नाम हटाएर संघीय समानुपातिकमा जान चाहनुहुन्थ्यो । १९ जना त्यस्तो सूची हटाउन चाहने साथीहरुको त्यहाँ पढियो र त्यसलाई पास गरियो र निर्वाचन आयोगलाई जानकारी दिने कुरा भयो ।’

बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्नेगरी सकिएको उनले बताए ।