काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले सरकारले योजनाबद्ध रूपमा एमाले सहभागी नहुने अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।
च्यासलस्थित पार्टी कार्यालयमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले सधैँ निर्वाचनको पक्षमा रहेको स्पष्ट पारे। तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहदले एमाले चुनावी प्रक्रियाबाट बाहिर धकेल्ने प्रयास भइरहेको उनको भनाइ छ।
महासेठले सरकार साँच्चै निर्वाचन चाहन्थ्यो भने अध्यक्षमाथिको स्थानहद हटाएर सहज वातावरण बनाउनु पर्ने बताए। चुनावी वातावरण बनाउने दायित्व सरकारकै भएको उल्लेख गर्दै उनले वर्तमान सरकारले न त निष्पक्ष चुनाव गराउन चाहेको छ न त त्यो क्षमता नै रहेको दाबी गरे।
उनले अघिल्ला अन्तरिम सरकारहरू सफल भए पनि हालको सरकार असफल दिशातर्फ अघि बढिरहेको टिप्पणी गरे। मन्त्रीहरू नै दल खोलेर राजनीतिक गतिविधिमा सक्रिय रहेको भन्दै उनले त्यसले निर्वाचन प्रक्रिया झनै प्रभावित भएको बताए।
छानबिन आयोगका गतिविधिले पनि चुनावी माहोल बिगारिरहेको महासेठको आरोप छ।















प्रतिक्रिया