७ श्रावण २०८३, बिहिबार

बंगलादेशमा तनाव : हादीपछि एनसीपीका नेता सिकदरमाथि गोली प्रहार

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बंगलादेशमा हिंसा थप चर्किएको छ । १० दिनअघि शरीफ उस्मान हादीको हत्यापछि अज्ञात आक्रमणकारीले नेसनलिस्ट सिटिजन पार्टी (एनसीपी)का नेता मोतलेब सिकदरमाथि गोली प्रहार गरेका छन् । सिकदरलाई सोनाडांगा क्षेत्रमा गोली हानिएको हो ।

उनलाई गम्भीर अवस्थामा खुलना मेडिकल कलेज अस्पताल लगिएको छ । एनसीपी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको आन्दोलनपछि गठित पार्टी हो ।

यो पार्टीमा हसिनाविरुद्ध आन्दोलन गर्नेहरू नै समावेश छन् । ठूलो संख्यामा ढाका विश्वविद्यालयका विद्यार्थी यो पार्टीसँग जोडिएका छन् । बंगलादेशमा यो पार्टी पहिलोपटक चुनाव लडिरहेको छ ।

सिकदरमाथि खुलनामा एक ¥याली आयोजनाका बेला आक्रमण गरिएको थियो । उनको टाउकोको बायाँ भागमा गोली लागेको छ । सिकदरमाथि ‘गलत तत्व’ले गोली हानेको प्रहरीले जनाएको छ ।