१२ श्रावण २०८३, मंगलबार

मधेशका मुख्यमन्त्री यादवले पाए शतप्रतिशत विश्वासको मत

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सदनमा उपस्थित सबै सांसदको विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवलाई सभामा उपस्थित सबै ९२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् ।

सात दलका ७४ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस संसदीय ललका नेता यादवलाई प्रदेशसभाको ठूलो दल नेकपा एमालेसहित सबै दलले विश्वासको मत दिएका हुन् ।