काठमाडौं । अमेरिकाले् डाइभर्सिटी भिसा (डीभी) लटरी कार्यक्रम रोक्ने निर्णय गरेको छ ।
राष्ट्रिय सुरक्षा र आप्रवासन प्रणालीमा सुधार आवश्यक रहेको दाबी गर्दै ट्रम्प प्रशासनले यो कार्यक्रम ‘पज’ गर्ने बताएको हो ।
ट्रम्पको निर्देशनमा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले डाइभर्सिटी इमिग्रेन्ट भिसा (डिभी) कार्यक्रमलाई तत्काल स्थगित गर्ने घोषणा गरेकी छिन् ।
यो निर्णय ब्राउन युनिभर्सिटी र एमआईटीमा भएको गोलीकाण्डसँग जोडिएको छ ।
गोलीकाण्डका मुख्य संदिग्ध क्लाउडियो मानुएल नेभेस भालेन्ते (४८ वर्षीय पोर्चुगिज नागरिक) सन् २०१७ मा यो डिभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरी ग्रीन कार्ड प्राप्त गरेका थिए ।
सन् १९९० को दशकमा सुरु भएको यो कार्यक्रममार्फत अमेरिकाले आप्रवासन दर कम भएका देशका नागरिकहरूलाई वार्षिक ५० हजार भिसा प्रदान गर्दै आएको छ । यसमा प्राप्तकर्ताहरूलाई ‘लट्री’ प्रक्रियाबाट छनोट गरिन्छ । प्रत्येक वर्ष करोडौं व्यक्तिले यस कार्यक्रममार्फत भिसाका लागि प्रतिस्पर्धा गर्छन् ।















प्रतिक्रिया