७ कार्तिक २०८३, शनिबार

उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उच्च अदालत पाटन, ललितपुर परिसरमा आत्महत्या प्रयास गरेकी युवतीको उपचार जारी रहेको छ । प्रहरी स्रोतका अनुसार ती युवतीको अहिले पनि पाटन अस्तापलको आईसीयूमा उपचार जारी रहेको छ ।

करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास गरेकी थिइन् । प्रहरीले उद्धार गरेर उनलाई पाटन अस्पतालमा उपचारका लागि पठाएको थियो । अहिले पनि उनको उपचार जारी रहेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनले आत्महत्याको प्रयास गरेको बताइएको छ ।

अदालत परिसरमै उनले किटनाशक विषादी सेवन गरेकी थिइन् । यसअघि काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि ती युवती पाटन पुगेकी थिइन् । पाटनले पनि धरौटीमा छाड्न आदेश दिएपछि उनले आत्महत्या प्रयास गरेकी हुन् ।