२८ आश्विन २०८३, बुधबार

एमाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षामा अडिग छ : अध्यक्ष ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको अत्यन्तै असहज अवस्थामा पार्टीले राष्ट्रियता, लोकतन्त्र, शान्ति–सुव्यवस्था, सुशासन र विकासको झण्डा उठाएर आन्दोलन गरेको बताएका छन् ।

बिहीबार साँझ ११ औं महाधिवेशनको समापन समारोलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असंवैधानिक ढंगले विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित एमाले देशव्यापी आन्दोलनमा उत्रिएको उल्लेख गरे ।

अध्यक्ष ओलीले संविधान मिचिएको अवस्थामा त्यसलाई सही बाटोमा फर्काउने, राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र देशको हितमा आँच आउन नदिने उद्घोषका साथ आन्दोलन अघि बढाइएको बताए ।

अध्यक्ष ओलीले भने, ‘देशको अत्यन्तै असहज अवस्थामा नेकपा (एमाले) राजनीतिकमा फेरि राष्ट्रियताको झण्डा उठाएर, लोकतन्त्रको झण्डा उठाएर, शान्ति सुव्यवस्था, सुशासन र विकासको झण्डा उठाएर फेरि संविधानलाई जो मिचिएको छ मिचिएको संविधानलाई फेरि सही बाटोमा फर्काउने विघटन गरिएको असंवैधानिक ढङ्गले विघटन गरिएको प्रतिनिधि सभाको अभिलम्भ पुनर्स्थापनाको मागलाई लिएर यो देश राष्ट्रिय सार्वभौमिक सत्ता, यसको स्वाभिमान र देशको हितलाई तलमाथि पर्न दिने छैन भन्ने उद्घोषका साथ प्रतिनिधि सभाको पुनर्स्थापनाको माग लिएर देशव्यापीरुपमा आन्दोलनमा उत्रियौँ ।’

त्यही आन्दोलनकै बीचमा ११ औं महाधिवेशन आयोजना गरिएको उल्लेख गर्दै अध्यक्ष ओलीले यो महाधिवेशन ‘पुराना पार्टीहरू समाप्त भए’ भन्ने भाष्यको सशक्त जवाफ भएको बताए ।

‘त्यही आन्दोलनकोबीचमा आफ्नो ११ औं महाधिवेशन आयोजना गरेको छ । ११ औं महाधिवेशनले पुराना पार्टीहरु रहेनन् भन्ने भाष्यलाई जवाफको रुपमा यस महाधिवेशन रहेको छ । यो एउटा जवाफ हो नेकपा एमाले एउटा अजम्बरी पार्टी, सशक्त पार्टी हो,’ अध्यक्ष ओलीले भने ।