३० आश्विन २०८३, शुक्रबार

मिस टिन कलेजको आवेदन खुल्ला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

miss teen college season 3 (5)काठमाडौ । कलेज युवतीहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता मिस टिन कलेजको तेस्रो सिजनका लागि आवेदन खुल्ला गरिएको छ ।

आयोजक सिजन मिडियाले एक बिज्ञप्ती जारी गर्दै ‘मिस टिन कलेज २०१५’का लागि आवेदन खुल्ला भएको जानकारी गराएको छ । भाद्र पहिलो सातासम्म खुल्ला रहने आवेदन फारम सहभागीले सिजन मिडियाको कार्यालयमा पुतलीसडकबाट भर्न पाउने छन् भने सहभागीले एसएमएस मार्फत पनि आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

जसका लागि प्रतियोगीले एमटी स्पेश आफ्नो नाम लेखेर ३००० एसएमएस पठाउन सक्नेछन् । उपत्यका तथा मोफसलका कलेजमा अध्ययनरत १५ देखि १९ वर्ष उमेर समूहका टीनएजर्स युवतीहरुले प्रतियोगीतामा सहभागिता जनाउन सक्नेछन् ।

टिनएज युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको बिकाश गराउदै समाज उपायोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि बढाउन कार्यक्रमले सहयोग गर्ने बिस्वास रहेको आयोजक सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले बताए ।

आगामी भदौ ५ गते पहिलो चरणको छनौट हुने प्रतियोगीतामा अन्तिम चरणका लागी ३० प्रतियोगी छानिने छ । छानिएका प्रतियोगीलाई भदौ ६ गतेवाट प्रशिक्षण सुरु गरिने छ । प्रशिक्षणको क्रममा पौडी, शारीरिक फिटनेश, फोटो सेसन व्यक्तित्व विकास सम्बन्धी पनि प्रशिक्षणका अलवा विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल बाल आश्रम, वृद्धा आश्रम, मिडिया भिजीट, कल्चरल भिजिट र हस्पिटालीटी सम्बन्धी जानकारी दिइनेछ ।

रोजिन शाक्यको कोरियोग्राफी रहने प्रतियोगिताको शीर्ष बिजेताले ताज सहित रु १ लाख ६५ हजार पर्ने स्कुटर र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः रु मोवाइल मोबाइल ट्याव साथै १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्नेछन् ।

विभिन्न १६ उप–विधामा समेत पुरस्कृत गरिने प्रतियोगीताको अन्तिम स्पर्धा असोजको पहिलोसाता हुने आयोजक सिजन मिडियाका प्रवन्ध निर्देशक वन्तले बताए ।