७ कार्तिक २०८३, शनिबार

एमाले केन्द्रीय कमिटीमा सुहाङ नेम्वाङको इन्ट्री

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङ केन्द्रीय कमिटीमा निर्वाचित भएका छन्। खुला क्लस्टरतर्फ १,७२१ मत प्राप्त गर्दै उनले पार्टी नेतृत्वमा औपचारिक प्रवेश गरेका हुन्।

सुरुमा कुनै प्यानलमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका नेम्वाङलाई पछि दुवै पक्षले अन्तिम सूचीमा समेटेका थिए। दिवंगत नेता सुवासचन्द्र नेम्वाङका सुपुत्र सुहाङ यसअघि इलाम–२ बाट उपनिर्वाचन जितेर राष्ट्रिय राजनीतिमा आएका थिए।

उनको जितलाई युवा पुस्ताको उदयका रूपमा हेरिएको छ।