३० आश्विन २०८३, शुक्रबार

नेपालले दोस्रो विकेट गुमायो, पारस क्रिजमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anil-mandalकाठमाडौं, १५ साउन । आइसीसी विश्वक्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको नेपाल र स्कटल्याण्डबीचको दोस्रो खेल सुरु भएको छ ।

सातौं ओभरको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । बुधबारको खेलमा शतक हानेका नेपालका ओपनर अनिल मण्डल आजको खेलमा ९ रनमै आउट भएका हुन् । २१ बल खेलेका उनी अलास्डेर इभानको बलमा आउट भएका हुन् ।

अनिलसँग क्रिजमा रहेका उपकप्तान ज्ञानेन्द्र मल्ललाई साथ दिन अहिले क्रिजमा कप्तान पारस खड्का आएका छन् । यसअघि नेपालले ओपनर महेश क्षेत्रीलाई ३ रनमा पहिलो विकेटका रुपमा गुमाएको थियो । नेपालले ८ ओभरको समाप्तीमा २ विकेट गुमाएर ३२ रन जोडेको छ ।