१ कार्तिक २०८३, शनिबार

नेपालगञ्जमा डोङफेङ र दीपालको शोरुम

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज । नेपालका लागि दीपाल र नामी इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नेपालगञ्जमा डोङफेङ र दीपाल शोरुमको औपचारिक उद्घाटनसँगै पश्चिम नेपालमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ । यस उद्घाटनले एमएडब्लु वृद्धिको देशव्यापी ईभी नेटवर्क विस्तार गर्ने र पश्चिम नेपालमा आफ्नो उपस्थिति बलियो बनाउने योजनामा एक महत्वपूर्ण कोसेढुङ्गा सावित गरेको कम्पनीले जनाएको छ ।

शोरुमको उद्घाटन नाडा एशोसिएशन बाँकेका अध्यक्ष नरेन्द्रप्रसाद ओली, एमएडब्लु ग्रुप प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लु वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्त, एमएडब्लु वृद्धि अटोकर्पका सीईओ ज्ञानेन्द्र चन्द र पानास अटोमोटिभका अध्यक्ष ज्ञानेन्द्र खनालको उपस्थितिमा गरिएको हो ।

एमएडब्लु वृद्धि मोटर्ससँग प्रत्यक्ष जोडिएको यस कार्यक्रममा व्यवसायिक तथा अटोमोटिभ क्षेत्रका प्रतिष्ठित अतिथि र सरोकारवालाहरूको सहभागिता रहेको थियो । उद्घाटन समारोहमा स्थानीय अधिकारीहरू, व्यवसायीहरू, ग्राहकहरू र सञ्चारकर्मीहरूको पनि बाक्लो उपस्थिति रहेको थियो ।

नेपालगञ्जको प्रमुख स्थानमा अवस्थित यस नयाँ शोरुमले ग्राहकहरूलाई डोङफेङ र दीपालका पछिल्ला विद्युतीय सवारी साधनहरूको उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

ग्राहकको आराम र सुविधालाई प्राथमिकता दिने गरी डिजाइन गरिएको यस शोरुममा आगन्तुकहरूले सवारी साधनहरूलाई नजिकबाट नियाल्न र उत्पादनका बारेमा स्पष्ट जानकारी लिन सक्नेछन् । शोरुम उद्घाटनको एक दिन अघि नेपालगञ्जमा नामी भिगो र दीपाल एस०५ सार्वजनिक गरिएको थियो, जसले नेपालका विभिन्न भागहरूमा ईभी सवारी साधनहरूको विकल्पलाई थप विस्तार गरेको छ ।

नेपालगञ्जमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प

शोरुम उद्घाटनको अवसरमा एमएडब्लु वृद्धि मोटर्सले नेपालगञ्जको पानास अटोमोटिभमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प आयोजना गरिरहेको छ ।

कम्पनीका अनुसार यस कार्यक्रममा ग्राहकहरूले डोङफेङ र दीपालका इलेक्ट्रिक सवारी साधनहरूको प्रत्यक्ष अनुभव लिनुका साथै आकर्षक नगद छुट, एक्सचेन्ज बोनससहितको उत्कृष्ट मूल्याङ्कन, निःशुल्क चार्जर (७ किलोवाट + ३.५ किलोवाट), निःशुल्क बीमा र हरेक टेस्ट ड्राइभमा उपहारको सुविधा प्राप्त गर्न सक्नेछन् ।