१ कार्तिक २०८३, शनिबार

प्रम कोइरालाको स्वास्थ्य स्थिति बुझ्न प्रचण्ड बालुवाटार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-int

काठमाडौँ, ३० जेठ । एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ ।

अध्यक्ष दाहालले शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कोइरालालाई भेटी उहाँको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

केही दिन अघिमात्र स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री कोइरालाको फोक्सोमा दाग देखिएपछि थप उपचारका लागि चिकित्सकको सल्लाहअनुसार उहाँ यही असार ३ गते अमेरिका जाने कार्यक्रम तय भएको छ ।