काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य एनपीएलको फाइनल खेलमा सहभागी खेलाडीलाई उत्साह दिन त्रिवि क्रिकेट मैदान पुगेका छन् । उनीसँगै भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल पनि उपस्थित छन् ।
नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मुख्यमन्त्री आचार्य र मन्त्री ढकाललाई मैदानमा स्वागत गरे ।

नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलको फाइनल अहिले चलिरहेको छ । उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने भएका छन् ।
मुख्यमन्त्री आचार्यले क्रिकेटप्रतिको बढ्दो आकर्षण नेपालको खेल क्षेत्रका लागि सकारात्मक संकेत भएको बताए । उनले यस्ता प्रतियोगिताले खेल पर्यटनको माध्यमबाट आर्थिक समृद्धिमा योगदान पुर्याउने र नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले बुद्धको जन्मभूमि लुम्बिनीको पहिचान बोकेको लुम्बिनी लायन्सलाई फाइनल खेलमा उत्कृष्ट प्रदर्शन र विजयका लागि यसअघिनै शुभकामना व्यक्त गरेका थिए ।















प्रतिक्रिया