१० श्रावण २०८३, आइतबार

नयाँ थपिन लागेका मन्त्री को-को हुन् ?

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् ।

उनले आज चारजना मन्त्री नियुक्त गर्न लागेकी हुन् । वन तथा वातावरण मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त गर्न लागिएको हो ।

जसमा कुमार इङनामलाई भूमि, माधव चौलागाईँलाई वन, राजेन्द्रसिंह भण्डारीलाई श्रम र श्रद्धा श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिइनेछ।

यसअघि भूमिमन्त्री रहेका अनिलकुमार सिन्हाको भने मन्त्रालय परिवर्त गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइन लागेको बताइएको छ ।