बर्दिया । बर्दियामा आफ्नै साथीले एक युवकको हत्या गरेका छन् ।
बर्दियाको राजापुर नगरपालिका – ४ स्थित एउटा रेस्टुरेन्टमा दाङको तुलसीपुर उपमहानगरपालिका-५ का २८ वर्षीय निरज चौधरीको गोली हानी हत्या भएको हो ।
प्रहरीले संलग्न रहेको आशंकामा दुई जना व्यक्तिलाई पक्राउ गरेको छ । हत्याका मुख्य अभियुक्त मृतक युवकका साथी भने फरार छन् ।
हत्या गरिएका निरजलाई हत्या फरार रहेका आरोपीले विदेश पठाइदिने भनेर पैसा लगेको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ ।
आफूले दिएको पैसा फिर्ता माग्दा उनको हत्या भएको बताइएको छ । थप अनुसन्धान अगाडि बढाइएको छ ।








प्रतिक्रिया