२९ आश्विन २०८३, बिहिबार

रोसिङ्टनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा पोखरा एभेन्जर्सले एडम रोसिङ्टनको अर्धशतकमा चितवन राइनोजलाई आठ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा १२१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा दुई विकेट गमाउँदै पूरा ग¥यो ।

यो जितसँगै पोखराले पाँचौँ स्थानमा रही प्रतियोगिता टुंगाएको हो । पोखराले कुल सात खेलमा तीन जित र चार हारसहित ६ अंक जोडेको छ । पोखराले यसअघि लिग चरणमा जित हासिल गर्नेक्रममा कर्णाली याक्सविरुद्ध ३४ रन र जनकपुर बोल्ट्ससँग २५ रनले पराजित गरेको थियो ।

त्यसैगरी, पोखराले लिग चरणमा काठमाण्डू गोर्खाजसँग १३ रन, सुदूरपश्चिम रोयल्ससँग १८ रन, विराटनगर किंग्ससँग ५३ रन र लुम्बिनी लायन्सँग तीन विकेट हार व्यहोरेको थियो ।

पोखराको जितमा रोसिङ्टनले ६५ रनको अर्धशतकीय पारी खेले । उनले ४८ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । यो रोसिङ्टनको दोस्रो अर्धशतक हो ।

उनले यसअघि लुम्बिनी लायन्सविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका छन् । योसँगै उनको नाममा एक शतक छ । रोसिङटनले पहिलो विकेटको निम्ति ओपनर अर्जुन कुमालसँग १०० रनको साझेदारी गरेका थिए । आपनर अर्जुन कुमालले ४३ रन जोडे । उनले दुई चौका र एक छक्का प्रहार गरे । यसबोहक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

चितवनका सैफ जैब र निराजन ढकालले समान एक विकेट लिए । त्यसअघि, चितवनले पहिलो इनिङमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रनको योगफल खडा गरेको थियो । चितवनका ओपनर देव खनालले सर्वाधिक ३५ रन जोडे । अविजित रहेका अल्पेश रामजानीले ३३ रन जोडे ।

कप्तान कुशल मल्लले २३ रन र सैफ जैबले १७ रन जोडे । यस बाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पोखराका धनन्जय लक्सनले तीन विकेट लिए । त्यसैगरी, रोहित चन्द, किरण थगुन्ना र विपिन खत्रीले समान एक विकेट लिए । पोखराका धनन्जय लक्सनले दुई विकेट लिँदा विपिन खत्रीले एक विकेट लिए ।

चितवन भने लग चरणमा सुदूरपश्चिम रोयल्ससँग ४९ रन, काठमाण्डू गोर्खाजसँग ५३ रन, जनकपुर बोल्ट्ससँग ६ विकेट र लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो । त्यसैगरी, कर्णाली याक्सविरुद्ध चार र विराटनगर किंग्सविरुद्ध ४८ रनकाृ जित निकालेको थियो ।