११ श्रावण २०८३, सोमबार

चितवनलाई पराजित गर्दै सुदूरपश्चिम क्वालिफायरमा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गरेको छ । चितवनलाई ४९ रनले पराजित गर्दै अपराजित रहँदै सुदूरपश्चिम क्वालिफायरमा प्रवेश गरेको हो ।

सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर एक बलमा १२० रनमा अलआउट भयो । चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाए। देव खनाल २८, अर्जुन साउद १६, डेविड मलान ६, सैफ जैव ६, कप्तान कुशल मल्ल १५, अमर रौटेला ९, जर्ज स्क्रिम्श ०, कमलसिंह ऐरी ६ र रिजन ढकाल २ रनमा आउट भए । रञ्जित कुमार १ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका पुनित मेहराले ३, कप्तान दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इसान पाण्डेले एक÷एक विकेट लिए । त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि ओपनर क्रिस लिनले सर्वाधिक ७५ रन बनाए । उनी रिटाइर्ड हर्ट भए । लिनले ५६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर विनोद भण्डारी २१, इशान पाण्डे १, पुनिट मेहरा १३, हर्मित सिंह १ रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेख दुवै २४–२४ रनमा अविजित रहे । बलिङमा चितवनका सैफ जैइवले २, रञ्जित कुमार र जर्ज स्क्रिम्शले एक/एक विकेट लिए । चितवनले एनपीएल–२ मा चौथो हार बेहोरेको छ । यो हारसँगै प्लेअफमा पुग्ने चितवनको सम्भावना न्यून भएको छ । आज चितवन पराजित भएसँगै विराटनगरको ‘प्लेअफ’ स्थान सुरक्षित भएको छ । यसअघि आजै भएको पहिलो खेलमा पोखरालाई पराजित गर्दै काठमाडौँ गोर्खाज अन्तिम चारमा पुगिसकेको छ ।