काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत आजको जारी दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार पहिले ब्याटिङ गरेको सुदूरुपश्चिमले चार विकेटको क्षतिमा १६९ रन बनाएको हो। सुदूरपश्चिमका लागि क्रिस लिनले सर्वाधिक ७५ रन बनाए। उनले ५६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे।
ओपनर विनोद भण्डारी २१, इशान पाण्डे १, पुनिट मेहरा १३, हर्मित सिंह १ रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेख दुवै २४–२४ रनमा अविजित रहे ।
ब्लिङमा चितवनका सैफ जैइवले २, रञ्जित कुमार र जर्ज स्क्रिम्शले एकएक विकेट लिए ।








प्रतिक्रिया