मुम्बई । बलिउड अभिनेता धनका मात्रै होइन् मनका पनि धनी छन् ।
उनले एक बालिकालाई आफ्नै खर्चमा पढाउने भएका छन् । फिल्म बजरंगी भाइजानकी कलाकार हर्षाली मल्होत्राको पढाई खर्च सलमानले ब्यहोर्ने घोषणा गरेका हुन् । बजरंगी भाइजान सफलतासँगै समाजसेवाको भावनाले हर्षालीलाई सलमानले पढाउन लागको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
त्यसका लागि सलमानले हर्षालीको परिवारलाई डेढ करोड दिएका छन् । यद्यपी हर्षालीको पढाई खर्च सलमानले ब्यहोर्ने विषयमा परिवारसँग औपचारिक सहमति भइसकेको छैन् ।
बजरंगी भाइजानमा हर्षाली एक पाकिस्तानी बालिकाको भुमिकामा छिन जो भारतमा हराउछिन । फिल्ममा करिना कपुर र नवाजुद्धिन सिद्दिकीको पनि अभिनय रहेको छ ।















प्रतिक्रिया