काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले अब देशकै नेतृत्त्व गर्नुपर्ने लागिरहेको बताएका छन् ।
आज उज्यालो नेपाल पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै संरक्षक समेत रहेका घिसिङले जुन जुन बेला देश र संस्थामा संकट आउँछ त्यो बेला आफू उपस्थित भएको स्मरण गर्दै अब देशकै नेतृत्व गर्नुपर्ने लागिरहेको बताएका हुन् ।
‘जुन-जुन बेला देशमा, संस्थामा क्राइसिस आउँछ मेरो उपस्थिति हुँदो रहेछ। विद्युत् प्राधिकरणमा क्राइसिस भएका बेला मलाई निर्देशक बनाउनुभयो। चिलिमे हाइड्रोपावरमा पनि क्राइसिस भएका बेला त्यहाँका स्थानीय जनता केन्द्रित भएर काम गरेँ,’ उनले भने, ‘त्यहाँबाट पनि निकालिएँ। आन्दोलन भयो त्यपछि फेरि विद्युत् प्राधिकरणमा आएँ र त्यसपछि समस्या समाधान भयो।’








प्रतिक्रिया