२० असार २०८३, शनिबार

एनपीएल सिजनका लागि सामसङ नेपालको एआई टीभीमा छुट

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) सिजनलाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ । यस योजनाअन्तर्गत प्रिमियम क्युएलइडी टीभीदेखि एचडी टीभीसम्मका मोडेलहरूमा ३३ प्रतिशतसम्म क्यासब्याक तथा ७,००० रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध छ, जसले ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन अनुभव अपग्रेड गर्न उत्तम अवसर प्रदान गर्दछ ।

कम्पनीका अनुसार यो योजना नोभेम्बर २१ देखि डिसेम्बर ३१, २०२५ सम्म देशभरका अधिकृत सामसङ विक्रेता स्टोरहरूमा उपलब्ध हुनेछ । ग्राहकहरूले नजिकैको सामसङ अधिकृत स्टोरमा गई अफरका विस्तृत विवरण थाहा पाउन सक्छन् । ८५ इन्चसम्मका ठूलो स्क्रिन, अत्याधुनिक पिक्चर क्वालिटी, र उन्नत स्मार्ट फिचरहरूसहित, सामसङ टीभीहरूले प्रत्येक खेललाई शानदार स्पष्टता र आकर्षक विवरणसहित हेर्ने सुविधा प्रदान गर्छन्, जसले घरमै ‘स्टेडियम जस्तो’ अनुभव प्रदान गर्दछ । सामसङका नवीनतम एआई टीभी लाइनअप (क्युएलइडी र युएचडी)मा प्रयोगकर्ताको हेर्ने अनुभवलाई अझ उचाइमा पुर्‍याउने अत्याधुनिक फिचरहरू समावेश छन्ः

–४के एआई अपस्केलिंगः जसले जुनसुकै स्रोतको सामग्रीलाई अझ स्पष्ट र धारिलो बनाउँछ ।
–सामसङ केएचओएक्स सिक्योरिटीः जसले सुरक्षित, भरपर्दो, र संरक्षित स्मार्ट कनेक्टिभिटी सुनिश्चित गर्छ ।

कम्पनीका अनुसार सामसङले आफ्नो टी, ए, बी, सी, डी, र एफ सिरिजका टीभीहरूमा ३ वर्षको फुल वारेन्टी प्रदान गर्दै आएको छ, जसले उत्पादनमा हुनसक्ने कुनै पनि प्रकारका उत्पादनगत समस्यामा प्रयोगकर्तालाई पूर्ण आत्मविश्वास दिन्छ ।