काठमाडौँ, १४ साउन । तपाईं आफ्नो वा बालबच्चाको दाँत निकाल्दै हुनुहुन्छ, ख्याल गर्नुस् तपाईंको ज्यान नै जान सक्ला ।
रौतहटमा दाँत निकाल्ने क्रममा बेहोस भएका एक युवकको ज्यान गएको छ । दाँत निकाल्ने क्रममा रौतहटको सुनाखुनुवा–६ बस्ने भारत मोतिहार अमवा घर भएका २३ बर्षीय अजय कुमार कुसुहवाको बेहोस भएर मृत्यु भएको हो । बंकुल–८ स्थित शिवशंकर प्रसाद यादवको क्लिनिकमा दाँत उखेल्दा बेहोस भएका उनलाई उपचारको लागि बिरगंजतर्फ लैजाने क्रममा विहिबार बाटैमा मृत्यु भएको थियो ।
क्लिनिक संचालक यादव फरार भएका छन् । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।














प्रतिक्रिया